कास्कीको पोखरा महानगरपालिका –८ नयाँबजारस्थित दिर्घायु पोखरा हस्पिटलमा उपचारमा लापरबाही भएको भन्दै एक बिरामीले गुनासो सार्वजनिक गरेका छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –१ का ३८ वर्षीय कमलबहादुर क्षेत्री(रोकाहा)ले सानो घाउ देखाएर अस्पताल पुगेपछि बेग्लै ठाउँमा शल्यक्रिया गरिएको दाबी गरेका हुन् ।
गत बिहीबार खुट्टाको पैतालामा सामान्य घाउ “खील” रहेको भन्दै दिर्घायु हस्पिटल पुगेका क्षेत्रीलाई चिकित्सकले शल्यक्रिया आवश्यक भएको बताए । उनले औपचारिकता पूरा गरेर करिब पाँच हजार रुपैयाँ शल्यक्रिया तथा औषधि शुल्क गरी आठ हजार रुपैयाँ बुझाएर घर फर्किए पनि भोलिपल्ट शल्यक्रिया गलत स्थानमा भएको थाहा पाए ।
“घाउ एक ठाउँमा थियो, टाँका अर्कै ठाउँमा । यस्तो त कल्पना पनि गरेको थिइनँ,” क्षेत्रीले भने । उनको भनाइ अनुसार खुट्टा सुन्ने सुई लगाएर शल्यक्रिया भएकाले तत्कालै थाहा नपाए पनि दुखाइ बढेपछि भोलिपल्ट घरमै घाउ हेर्दा गल्ती देखिएको हो ।
शल्यक्रिया गर्ने वरिष्ठ जनरल र ल्याप्रोस्कोपिक सर्जन डा. सुजन श्रेष्ठले भने आफूले सामान्य गल्ती पनि नगरेको जिकिर गरे । तर, उनले उपचारका क्रममा नजिकै अर्को घाउ भएको देखिएको र खील निकालिएको दाबी गर्दै विवाद थप जटिल बनाएका छन् । बिरामीले भने वास्तविक घाउमा कुनै उपचार नै नभएको आरोप दोहोर्याएका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले चिकित्सकको बचाउ गर्दै “साना प्राविधिक त्रुटि हुन सक्छन्” भनेका छन् । साथमा, पोखरेलले अस्पतालले शल्यक्रिया खर्च फिर्ता गर्ने र अर्को घाउ नि:शुल्क शल्यक्रिया गरिदिन तयार रहेको पनि बताए ।
तर क्षेत्रीले दिर्घायु हस्पिटलमा पुनः शल्यक्रिया गराउने सम्भावना नदेखाउँदै, “अब त अरु अस्पतालमै उपचार गर्छु,” भन्ने प्रतिक्रिया दिएका छन् । यस घटनाले स्वास्थ्य सेवामा सावधानी र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो