स्याङ्जाको चापाकोट नगरपालिकामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सातौँ स्थापना दिवसको अवसरमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले चापाकोट –४ स्थित दार्सिङ स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रमसहित स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।
चापाकोट नगरपालिकाको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
शिविरमा मुटु तथा मृगौला सम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा प्रदान गरिने छ । आवश्यक सबै प्रकारका औषधि पनि निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
शिविरमा जनरल फिजिसियनद्वारा सबै रोगको जाँच सुविधा उपलब्ध गराइनेछ । इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू समेत निःशुल्क हुने व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।
जटिल केसहरूलाई आवश्यकताअनुसार गण्डकी मेडिकल कलेज पोखरा वा अन्य नजिकका स्वास्थ्य संस्थामा रिफर गरिने फाउन्डेसनले जनाएको छ ।
शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँचदेखि भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इको, इसीजी तथा विविध प्रयोगशाला सेवा निःशुल्क उपलब्ध गराइनेछ । बिहान ९ बजेदेखि अपराह्न ४ बजेपछि सम्म शिविर सञ्चालन हुनेछ । स्वास्थ्य परीक्षणका लागि सबैलाई शिविरमा सहभागी हुन अध्यक्ष शर्माले आग्रह गरेका छन् ।
खुमा अर्याल फाउन्डेसन विगत सात वर्षदेखि सामाजिक तथा राहतमुखी कार्यक्रममार्फत सक्रिय रूपमा काम गर्दै आएको छ । फाउन्डेनसले हरेक वर्ष मंसिर ५ गते स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक पहलमार्फत दिवस मनाउँदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
दसैँमा मासु कसरी खाने ?
समयमा नै सावधानी नअपनाए ६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता
आज विश्व ध्यान दिवस मनाइँदै
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’