पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण

प्रशिक्षण

पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण

७७ टोल सुधार समिति र ५ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी

pokhara 14 prasichhen (3)

पोखरा महानगरपालिका वडा नं १४ ले दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ।

सकारात्मक सोचको विकास, नेतृत्व विकास तथा आपत् विपतका समयमा रेस्क्यू कसरी गर्ने भन्ने लगायतका विषयमा वडाले प्रशिक्षण कार्यक्रम संचालन गरेको हो।

वडा अध्यक्ष बोध बहादुर कार्की र प्रशिक्षक डा. तुलसी प्रभाषले संयुक्त रुपमा शुभारम्भ गरेको कार्यक्रममा यस्ता प्रशिक्षणले नागरिकमा सकारात्मक सोचको विकासका गर्नुका साथै नागरिकलाई आफ्नो टोल, समाज, वडा र समग्र राष्ट्रप्रति जिम्मेवार बनाउन र भावि सन्ततिहरूलाई नैतिकवान बनाउने उद्देश्य लिएको वडा अध्यक्ष कार्कीले बताए।

यस्तै, प्रशिक्षक डा. तुलसी प्रभाषले सफलता, नेतृत्व, गुणस्तर लगायत मानव जीवनको विभिन्न आयामकाबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा वडा नं १४ का ७७ टोल सुधार समितिका अध्यक्ष र एकजना महिला सदस्यको सहभागिता रहेको थियो भने, वडाका ५ वटा सामुदायिक विद्यालयका करिब ३ सय विद्यार्थीलाई आज र भोलि गरी दुई दिनसम्म प्रशिक्षण दिइने वडा अध्यक्ष कार्कीले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ