स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ स्थित रानीथुम्का आधारभूत विद्यालयमा यही माघ २६ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयमा सीपमूलक तथा व्यावसायिक शिक्षा प्रारम्भ गर्ने लक्ष्यसहित माघ २६ गतेदेखि फागुन ४ गतेसम्म एक हप्ते महायज्ञ आयोजना गर्न लागिएको हो ।
कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा हाल करिब ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक अवस्था कमजोर रहेको र भवन तथा व्यावसायिक शिक्षाका लागि आवश्यक स्रोतको अभाव भएपछि महायज्ञ आयोजना गर्नुपरेको विद्यालयले जनाएको छ ।
विद्यालयको आर्थिक अवस्था सुधार्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनारायण सुवेदीले बताए । महायज्ञमा वाचन प्रविण पं. दिनबन्धु पोख्रेल तथा १०१ टेक्निकल कलेजका सङ्कल्पकर्ता ध्रुवशरण बस्यालको विशेष सान्निध्य रहनेछ ।
महायज्ञमार्फत करिब चार करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक सूर्यकान्त रेग्मीले जानकारी दिए । संकलित रकमबाट विद्यालयको भवन निर्माणसहित शैक्षिक र भौतिक पक्ष सुदृढ बनाउने योजना रहेको रेग्मीले बताए ।
पूर्व विद्यार्थीहरूको सञ्जाल निर्माण गरी सबैलाई एकताबद्ध गर्दै महायज्ञबाट उठेको रकम विद्यालय सुधारमा लगानी गरिने पूर्व विद्यार्थी समिति संयोजक तथा शिक्षक माया गोदारले जानकारी दिइन् ।
हाल महायज्ञको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरेर काम अघि बढाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?