सुन्दरकुमार थकाली, मुस्ताङ
हिमालपारी मुस्ताङमा आसन्न दशै पर्व गुमनाम जस्तै भएको छ ।यहाँका आदीबासी जनजाती तथा दलित समूदायले यो पर्व आशिंक मात्र मनाउने गरेका छन् ।अघिकांश बुद्धिस धर्ममा आस्थावान जिल्ला भएकाले पनि दशै पर्वको रौनक नदेखिएको हो । तल्लो मुस्ताङका स्थानीयले भने दशै पर्व मिश्रित रुपमा मनाउने गरेको पाईएको छ ।
उपल्लो मुस्ताङमा लोहा,गुरुङ र बिष्ट समूदायका मानिसको बस्ती छ ,मध्यमुस्ताङमा पुरै हिमाली गुरुङ समूदायका मानिस छन्,त्यसमा न्यून संख्यामा दलित समूदाय पनि छ ।यस्तै,तल्लो मुस्ताङमा भने मित्रित बस्ती छ ।जसमा थकाली समूदायकै बढी बाहुल्यता छ ।घरपझोङ गाउपालिकाको जोमसोममा थकाली ,गुरुङ र दलित समूदाय छन् भने,ठिनी,स्याङ,छैरो,चिमाङमा थकाली समूदायको बाक्लो बस्ती छ ।
मार्फाली थकालीको मार्फामा पूख्यौली थलै हो ।थासाङको टुकुचे लगायत केही स्थानमा थकाली बस्ती छ । थासाङ गाउपालिकामा थकालीका साथै,दलित ,मगर र अन्य समूदायको बस्ती छ । थासाङ क्षेत्र थकाली चारचनहरुको उद्गम स्थल पनि हो ।यहा दलित समूदायका साथै अन्यको पनि बसोबास छ ।संमग्र जिल्लाकै हिसाबले तुलना गर्ने हो भने यहाका ८० प्रतिशत मानिसहरु बुद्ध धर्मनै मूलरुपमा अपनाएको पाईन्छ ।अन्य समूदायले भने हिन्दु र क्रियष्यिन धर्मलाई आत्मसाथ गरिरहेका छन् ।उपल्लो मुस्ताङ र मध्यमुस्ताङका आदीबासी समूदायले ल्होसार र यार्तुङ पर्व बिशेष रुपमा मनाउने गरेका छन् ।त्यस्तै मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि घाँसा सम्मका स्थानीय थकालीहरुले फागुपूर्णिमा तोरन्ल पर्व बिशेष पर्वका रुपमा मान्दै आईरहेका छन् ।
देशभरी दशै पर्वको रौनक तातिएको बेला हिमालपारी मुस्ताङमा भने यसको प्रभाव कम भएको हो ।असत्य माथि सत्यको बिजय प्रतिकको रुपमा मनाईने यस पर्वमा देश बिदेशमा रहेका नेपालीहरु घर फर्कन्छन् ।पर्वका बेला आपसमा भेट हुने,मिठो खाने ,राम्रो लगाउने ,देविदेवताको मठमन्दिरमा पुगेर बली दिने पौराणिक चलनचल्ती छ ।तर यो परम्परालाई मुस्ताङवासीले अनौपचारिक रुपमा मनाउने गरेको पाईएको छ ।यहा कुनै दशैको टिका लगाउने र शक्तिपीठमा गएर बलि दिने चलन पनि छैन ।मुस्ताङमा कुनै हिन्दुधर्ममा लक्षित शक्तिपीठ छैनन् ।केवल बुद्ध गुम्बा र स्तूफा सयौं छन् ।
केही दिन अघि दशै लक्षित मुस्ताङमा भित्रिएका भेडा च्याङ्ग्राको बथान र श्रोह्श्राद्ध तिथिमा आएका तीर्थालुको आगमनले दशै पर्व नजिकिएको संङ्केत गरेतापनि घटस्थापनपछि यो माहोल सेलाएर गएको छ । जिल्लाका करिव १२ प्रतिशत दलित र ८ प्रतिशत अन्य समूदायले परम्परागत रुपमा दशै पर्व मनाउने गरेको पाईएको छ । उनीहरु आफन्त कहा जाने ,घरमै भएपनि चौपायाको बलि दिने र मान्यजनको पुगेर दशै टिका ग्रहण गर्ने चलन छ ।
यस्तै दशै पर्व आफ्नो समूदायको मुख्य पर्व नभएपनि घरपझोङ गाउपालिका थाकपाच गाउमा बसोबास गर्ने थकाली र जोमसोमका स्थानीयहरुले ऐतिहासिक ठिनी गाउको कोतघरमा टिका ग्रहण गर्ने चलन छ ।समाजका ज्येष्ठ नागरिक ,गाउ मुखिया आदीले टिका ग्रहण आउनेलाई आर्शिवाद दिने चलन रहेको जनमुक्ति यूवाक्लव ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए ।‘ठिनी कोतघरमा दशैको टिका लगाउने प्रचलन पुरानै हो ,टिका थाप्न र मान्यबरबाट आर्शिवाद ग्रहण गर्न ईच्छुक व्यक्तिहरु आउछन् ।’उनले भने ।
बिजया दशमीको दिन ठिनी कोतघरमा जस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पनि टिका ग्रहण गर्नेको भीडनै लाग्छ ।जिल्लाका स्थानीय तथा घर जान नपाएका कर्मचारीहरु पनि मुक्तिनाथमा पुगेर पुजारीबाट टिका र आर्शिबाद लिने चलन रहेको छ ।
दशै पर्व टिका लगाउने ,आर्शिबाद ग्रहण आदी कार्य नभएपनि यहाँका आदीबासीहरुले अनौपचारिक रुपमा आफन्त भेट गर्ने,चेलीबेटी खुवाउने, र आर्चरी खेल्ने आदी गरेर रमाईलो गर्ने गरेको अजित थकालीले बताए ।उपल्लो मुस्ताङमा दशै पर्वको प्रभाव सून्य रहेपनि तल्लोक्षेत्रका समूदायले दशै पर्व आशिंक रुपमा मनाउने गरेको थकालीले जनाए ।दशै पर्व नेपाली घरआंगनमा नजिकिदै गर्दा दशैको किनमेलले सहर बजार ह्वात्ते गर्मिएको छ ।तर मुस्ताङ भने गुमनाम जस्तै छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह