काठमाडौं । १५ अप्रिलमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै उनले स्टाटस पोष्ट गरेका थिए ।
‘इरानमा पक्राउ परेका अमृत झा रिहा भएका छन् । इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतार दूतावास उनीसँग सम्पर्कमा छन् । हाम्रो टोलीले उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ,’ मन्त्री खनालको स्टाटस थियो ।
मन्त्रीले स्टाटस लेखेको ७ दिन वितिसक्दा समेत अमृत झा अझै पनि इरानी हिरासतमै छन् ।
मन्त्री खनालले स्थानीय अदालतबाट रिहाईका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित रहेको बताएका थिए ।
तर, अमृत झाका भिनाजु राजेश झाका अनुसार अमृतले हिजो बेलुका ५ बजेतिर फोन गरेर आफू जेलमै रहेको बताएका थिए ।
अमृतले परिवारलाई दिएको जानकारी अनुसार उनी हाल इरानको बन्दर अब्बास जेलमा छन् । होर्मोज्गान प्रान्तमा रहेको उक्त जेललाई मानवअधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने गरेका छन् ।
यो जेल विशेषगरी विदेशी नागरिक, लागूऔषध मुद्दाका आरोपी, गम्भीर अपराधका कैदीहरूलाई राखिने जेलका रूपमा चिनिन्छ ।
‘परराष्ट्रमन्त्रीज्यूले रिहा हुनुभयो भनेर भन्नुभएपछि हामी एकदमै खुसी भएका थियौं । तर, हिजो बेलुका ५ बजेतिर फोन गरेर म त जेलमै छु, कसले रिहा गर्यो भनेर भनेपछि हामी त चकित पर्यौं,’ राजेशले भनेका छन् ।
परराष्ट्रमन्त्रीले नै सामाजिक सञ्जालमार्फत रिहा भएको जानकारी गराएपछि खुसी भएको झाको परिवार यतिबेला उल्टो थप तनावमा देखिएको छ । यसअघि फोन गर्दा हाँसेर कुरा गर्ने गरेको तर, हिजो फोन गर्दा भने अमृत निरास देखिएका थिए ।
अमृतले अदालतबाट पत्र पाएको र मुद्दाको अनुसन्धान जारी रहेकाले जेलमै राख्ने जानकारी गराएको परिवारलाई बताएका थिए । जसले गर्दा परिवार थप तनावमा परेको हो ।
परराष्ट्र मन्त्रालयले भने सूचना प्रवाहका क्रममा मिसकम्युनिकेशन भएको दाबी गरेको छ । परराष्ट्रमन्त्रीले के कसरी त्यस्तो खालको सूचना प्रवाह गरे भन्ने विषयमा मन्त्रालयका अधिकारीहरू भने अनविज्ञ देखिएका छन् ।
सम्बन्धित खबर
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
सुधनसँग जेन्जी कार्यक्रममा देखिएका आचार्य श्रीनिवासले भनेः तिलक–चन्दन लगाउने हामीलाई क्याबिनेटमा देख्नुहुन्छ
‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु