पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ सकिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ५ दिनसम्म चलेको मेलाको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् ।
कार्यक्रममा मेयर आचार्यले रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको उल्लेख गरे।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय, बैङ्कसँग ऋण लिएर व्यापार –व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्युटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेमजालाई सम्मान गरिएको थियो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन