सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने

राजनीति

सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने

sudan-gurung

काठमाडौं : जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ सामाजिक सञ्जालमा उनले घोषणा गर्दै भनेका छन्।

उनले कुन दलबाट उम्मेदवारी दिने भन्ने विषय खुलाएका छैनन्। गोरखा १ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds