नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङले प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङको चुनावी अभियान पूर्वी लमजुङको दोर्दी गाउँपालिकाबाट सुरु गरेको छ।
यसअघि घरदैलो र अनौपचारिक भेटघाटमा व्यस्त गुरुङ सोमबारदेखि सार्वजनिक सभामार्फत प्रचारप्रसारमा उत्रिएका हुन् ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले दोर्दी गाउँपालिका–६ का ताँजे, सिमी, छुमस्वाँरा, ढोडेनी र कुख्रेढुंगालगायत ठाउँमा सोमबार चुनावी सभा गरेको छ। कर्तीबेंसी, कीर्तिपुरबेंसी, सराञ्चोक बेंसी, शीख्रबेंसी लगायत ठाउँका स्थानीयले उम्मेदवार गुरुङलाई स्वागतसम्मान समेत गरेका थिए।
दोर्दी गाउँपालिका–६ भौगोलिक रूपमा केही विकट रहेको र अधिकांश बस्तीमा कच्ची सडक पुगे पनि यात्रा सहज छैन। सोही क्षेत्रका बस्तीहरुमा पुगेर गुरुङले मतदातासँग भलाकुसारी गर्दै मतदाताको आवश्यकता र चाहनाबारे बुझेका छन् ।

कार्यक्रमहरुमा बोल्दै उम्मेदवार पृथ्वीसुब्बा गुरुङले विकट भूगोललाई विकासबाट अलग नराखिने बताए । ‘म सधैं जनतासँगै रहेँ, जनताकै काममा रहेँ,’ गण्डकीका प्रथम मुख्यमनन्त्री उनले भने, ‘यहाँका बस्तीहरुमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारीको आधार बलियो बनाउनु मेरो प्राथमिकता हो। विकास र सुशासनलाई व्यवहारमा उतार्ने जिम्मेवारी म लिन्छु।’
उनले आफू गण्डकी प्रदेश सरकारको नेतृत्वमा रहँदा एक घर–एक धारा, उज्यालो गण्डकी, एक निर्वाचन क्षेत्र–एक सडक, मुख्यमन्त्री कृषि कार्यक्रमलगायत जनमुखी कार्यक्रम सञ्चालनमा ल्याएको तर, पछिल्ला सरकारहरूले त्यसलाई अघि बढाउन नसकेकोमा दुःख व्यक्त गरे ।
उनले ‘‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा गर्न सूर्य चिन्हमा मतदान गर्न अपिल गरे ।
कार्यक्रममा नेकपा (एमाले) लमजुङका इन्चार्ज जमीन्द्रमान घले, केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार टुकाभद्र हमाल, केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, पूर्वकेन्द्रीय सदस्य मायानाथ अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायत सहभागी छन् ।
एमालेले फागुन ५ गते दोर्दी गाउँपालिकाका अन्य वडामा पनि चुनावी सभा, मतदाता भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन