पोखरा । बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी तथा एसपीजी अटोमोबाइल्स प्रा.लि. अन्तर्गतको आधिकारिक विक्रेता, एलिट मोटर्स प्रा.लि.ले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित वाडा अटो शो २०२६ मा सहभागिता जनाउने भएको छ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त अटो प्रदर्शनी चैत ११ देखि १५, २०८२सम्म पोखराको ताल बाराही चोक मैदानमा आयोजना हुँदैछ । जहाँ अटोमोबाइल क्षेत्रमा भएका नवीनतम प्रविधि र मोडेलहरू अवलोकन गर्न पाइनेछ।
एलिट मोटर्सले स्टल नम्बर ए६(A6) र ए८(A8) मा ओमोडा इ५(Omoda E5), जेइको जे५(Jaecoo J5), हालै सार्वजनिक गरिएको जेइको जे६टि (Jaecoo J6T), निसान म्याग्नाइट(Nissan Magnite) तथा आइकौर भी२३(Icaur V23) लगायतका सवारी साधनहरू प्रदर्शन गर्नेछ। प्रदर्शनीमा आउने अवलोकनकर्ताहरूले यी सवारी साधनहरू नजिकबाट अवलोकन गर्न पाउनुका साथै विशेष समयावधिका लागि उपलब्ध आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्।
त्यसैगरी, प्रदर्शनी अवधिभर तत्काल बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुट तथा सुविधा पनि प्रदान गरिनेछ। साथै, आगन्तुकहरूले अटोमोबाइल क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गरी सवारी साधनमा प्रयोग भएका नवीनतम प्रविधि र विशेषताबारे जानकारी हासिल गर्न सक्नेछन्।
एलिट मोटर्सले सम्पूर्ण सवारी साधनप्रेमी, सम्भावित ग्राहक तथा सर्वसाधारणलाई प्रदर्शनीमा उपस्थित भई निसान, ओमोडा, जेको र आइकौर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधनहरूको अनुभव लिन तथा उपलब्ध विशेष अफरहरूको फाइदा उठाउन हार्दिक निमन्त्रणा गरेको छ।
एलिट मोटर्स प्रा.लि. पोखरामा अवस्थित एक आधिकारिक सवारी साधन विक्रेता हो, जसले गुणस्तरीय सवारी साधन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा अन्तर्राष्ट्रिय स्तरका सवारी साधन ब्रान्डहरू भित्र्याउँदै आधुनिक यातायात समाधान उपलब्ध गराउने अग्रणी वितरक कम्पनी हो।
सम्बन्धित खबर
वाडा अटो शोमा बराल ग्रुपद्वारा आकर्षक अफरका साथ विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’