काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले समग्र आर्थिक सूचकमा सुधार देखिएको उल्लेख गर्दै विशेषगरी पर्यटन क्षेत्र उत्साहजनक पुनरुत्थान भएको उल्लेख छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार पुगेको छ । कोरोना महामारीपछिको सुस्त अवस्थाबाट पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको सरकारको दाबी छ ।
सर्वेक्षणमा पर्यटकको औसत बसाइ अवधि पनि बढेर १६.३४ दिन पुगेको उल्लेख छ । यस्तै, नेपाल बसाइका क्रममा एक पर्यटकले प्रतिदिन औसत ३३.०८ अमेरिकी डलर खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
नागरिक उड्डयन तथा हवाई पूर्वाधारतर्फ पनि प्रगति देखिएको सर्वेक्षणमा उल्लेख छ । हाल देशभर ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । नेपालमा हवाई सेवा प्रदान गर्न ३२ वटा अन्तर्राष्ट्रिय तथा २० वटा आन्तरिक वायुसेवा कम्पनी सक्रिय रहेको जानकारी दिइएको छ ।
अर्थमन्त्री वाग्लेले पर्यटन र हवाई पूर्वाधार क्षेत्रमा देखिएको सुधारले मुलुकको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा