स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

bolero-jeep-accident-waling-chapakot

स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लिडाँडा स्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ताप्केतर्फबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बिरकट्टाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

जिपमा चालकसहित २२ जना सवार रहेकोमा दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ भने दुई जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ । एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।

पोखरा रिफर गरिएकामध्ये वालिङ–७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देहीको गैडाहवा गाउँपालिका–४ की ५५ वर्षीया सुमित्रा गुरुङ, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी, उनकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की ४५ वर्षीया जैकला सारू, कास्की पोखरा महानगरपालिका–९ की २० वर्षीया रुक्सना थापा, रुपन्देही देवदह नगरपालिका–५ की ४६ वर्षीया कमला थापा, स्याङ्जाको बिरुवा गाउँपालिका–६ का ३९ वर्षीय टोपबहादुर थापा, वालिङ–७ की ४९ वर्षीया गौमाया सारू, ५९ वर्षीय बेलबहादुर आले, ३० वर्षीय कुमार सारू, ३८ वर्षीया ज्ञानुमाया सारू, नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–२ की २६ वर्षीया आस्मा तामाङ सारू, उनकी २० महिनाकी छोरी प्रिन्सा सारू, रुपन्देही गैडाहवा गाउँपालिका–४ की ४० वर्षीया सावित्रा मगर, ५१ वर्षीया धनकुमारी उचाइ तथा रुपन्देही देवदह नगरपालिका–६ की ५१ वर्षीया नन्दकुमारी राना रहेका छन् ।

यस्तै, थप उपचारका लागि बुटवल रिफर गरिएकामा रुपन्देही तिलोत्तमा गाउँपालिका–७ की ७३ वर्षीया भीमकुमारी थापा र ४७ वर्षीया लालसुवा थापा रहेका छन् ।

दुर्घटनामा सामान्य घाइते भएका चालक वालिङ–७ निवासी २८ वर्षीय मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ