सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

EV and truck collision; one injured

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडास्थित सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग १ ज ८७३१ नम्बरको इभी भ्यान र विपरीत दिशाबाट स्याङ्जातर्फ आउँदै गरेको ना ५ ख ७६१ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा इभी भ्यानका चालक भीरकोट नगरपालिका–९ निवासी ३८ वर्षीय प्रेम गुरुङ घाइते भएका छन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनाबाट इभी भ्यानको अगाडिको भाग तथा चालकतर्फको भागमा क्षति पुगेको छ ।

दुर्घटनापछि इभी भ्यान समितिको जिम्मा लगाइएको छ भने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ निवासी २९ वर्षीय ज्ञानप्रसाद अहिरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार दुवै सवारी साधनको कागजात मिलेको पाइएको छ भने चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ