७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

pakrau-22

स्याङ्जामा ७६ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–४ का २१ वर्षीय रोशन विकलाई घटनाको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २४ साउनमा घरमा एक्लै रहेको अवस्थामा ती महिलामाथि जबर्जस्ती करणी गरेको आरोप विकमाथि लागेको छ । पीडित महिलाको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले विकलाई २५ साउनमा पक्राउ गरेको थियो । पक्राउ परेका विकविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ