अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

Tractor-karbahi-dahathum

स्याङ्जाको भीरकोटमा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

शुक्रबार भीरकोट नगरपालिका–१ हेलुस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले ग १ त ७०८३ नम्बरको ट्याक्टरले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भीरकोट नगरपालिका कार्यालयमा पठाएकोमा नगरपालिकाले ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना तिराएपछि ट्याक्टर छाडिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ