भरुवा बन्दुकजस्ता सात संरचना बरामद

भरुवा बन्दुकजस्ता सात संरचना बरामद

Seven muzzle-loading gun-like structures seized

स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेबाट प्रहरीले भरुवा बन्दुकको आकारमा बनाइएका काठ तथा फलाम जडित सात थान संरचना बरामद गरेको छ ।

प्रहरीले बुधबार ती सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना सात थान, फलामका नाल तीन थान र बन्दुकको फ्रेम बनाउन प्रयोग हुने डाई एक थान रहेका छन् ।

प्रहरीले ती सामग्री कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा राखेको हो भन्ने विषयमा अनुसन्धान थालेको जनाएको छ । बरामद सामग्रीसम्बन्धी थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ