सामाजिक कार्यमा सदैव अग्रसर रहँदै आएका सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक दिपक कार्कीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १११ सहयोग गरेका छन्।
युवा उद्यमी कार्कीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले हिमालयन बैंक लिमिटेड, प्रधान कार्यालयमा रहेको ‘PRIME MINISTER DISASTER RELIEF FUND’ को खातामा हस्तान्तरण गरेका हुन्।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्य जारी छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्यसमेत भइरहेको छ। प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरिएको छ।
विपद्को यस कठिन अवस्थामा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने उद्देश्यले आफूले सहयोग गरेको कार्कीले बताएका छन् ।

सम्बन्धित खबर
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
पोखरा १३ का अध्यक्ष बरालले बाँकी कार्यकालको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
युनिस्टार एजुकेशन दशौं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै शैक्षिक सेवामा विस्तार
बाढीबाट भएको जनधनको अकल्पनीय क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन