बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने

सहायता

बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने

charak help

पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पताल प्रा.लि.ले भोटेकोशीका बाढी तथा प्राकृतिक विपद्मा परेर घाइते भएका नागरिकलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

अस्पतालले रुसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी घाइते भएका तथा उपचार आवश्यक परेका पीडितलाई मानवीय सेवाभावका साथ निःशुल्क उपचार उपलब्ध गराउने जनाएको हो।

अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेलका अनुसार विपद्का कारण घाइते भएका नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सेवा प्रदान गर्न लागिएको हो। बाढीबाट प्रभावित तथा घाइते व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा चिकित्सकीय सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।

पोखरेल निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी प्रदेशका अध्यक्षसमेत हुन् ।

चरक मेमोरियल अस्पतालले स्वास्थ्य सेवासँगै विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र यसपटक पनि पीडित नागरिकको उपचारमा सहयोग गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष रामचन्द्र रेग्मी, आरसीले जानकारी दिए । अस्पतालले विपद्को समयमा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत अध्यक्ष रेग्मीले व्यक्त गरे ।

निःशुल्क उपचारसम्बन्धी थप जानकारी तथा समन्वयका लागि अस्पतालले ०६१–५२७७७८ र ५२७७७९ मा सम्पर्क गर्न आग्रह समेत गरेको छ। पोखरा–८, नागढुंगामा रहेको चरक मेमोरियल अस्पताल NABH International बाट मान्यता प्राप्त अस्पताल समेत हो। अत्याधुनिक सेवा सहित मुटुसहित सबै प्रकारका उपचारका लागि चरक पछिल्लो समयमा गण्डकी प्रदेशमा अग्रणी अस्पतालका रूपमा स्थापित भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ