भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग

सहयोग

भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग

WhatsApp Image 2026-09-16 at 3.52.29 PM

काठमाडौं । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले २०८३ भदौ महिनामा आफूले प्राप्त गर्ने मासिक सुविधा दुई किस्तामा राहत कोषमा हस्तान्तरण गरेका हुन् । उनले पहिलो किस्ता भदौ १६ गते र दोस्रो किस्ता भदौ ३१ गते जम्मा गरेका हुन् ।

प्राकृतिक विपत्तिका कारण भोटेकोशी क्षेत्रका नागरिकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा प्रभावित परिवारको राहत र पुनर्स्थापनामा आफ्नो तर्फबाट समेत योगदान पुगोस् भन्ने उद्देश्यले एक महिनाको सुविधा प्रदान गरेको प्रदेश प्रमुख देवकोटाले बताए ।

बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न प्रदेश प्रमुख देवकोटा स्वयं भदौ १३ गते नुवाकोटको विदुरस्थित त्रिशूली नदी क्षेत्रमा पुगेका थिए । स्थलगत रूपमा प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै उनले विपत्तिबाट प्रभावित नागरिकको पीडा र आवश्यकताबारे जानकारी लिएका थिए ।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न तह र क्षेत्रबाट सहयोग जुटिरहेको छ। प्रदेश प्रमुख देवकोटाको यो सहयोग पनि विपत्तिमा परेका नागरिकलाई राहत पुर्‍याउने प्रयासकै एक हिस्सा हो।

प्रदेश प्रमुख देवकोटाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई थप तीव्र बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरे ।

उनले विपत्तिको यस कठिन समयमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन सबै नागरिक, संघसंस्था तथा सरकारी तथा गैरसरकारी निकायलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत अपिल गरेका छन् ।

“संकटको यस घडीमा सबै एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,” भन्ने भावनासहित प्रदेश प्रमुख देवकोटाले राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग र सहकार्यका लागि आग्रह गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ