मुस्ताङ,१६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिहिबार साँझ जुवाको खालबाट १० जना पक्राउ गरेको छ। प्रहरीले शुक्रबार साँझ घरपझोङ गाउपालिका ३ एक्लेभट्टीमा छापा मारेको जनाएको छ ।
करिव ८ बजेको समयमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्रप्रसाद रेग्मीका अनुसार जुवाको खालबाट ३९ हजार ९ सय ३५ रुपैया बरामत भएको छ ।
उनले जुवाको खालबाट घरपझोङ गाउँपालिका ३,५ र ८ वडामा बस्ने टेकबहादुर गुरुङ,बहादुर तामाङ,श्याम थकाली,बिक्रम गुरुङ,बीरप्रसाद थकाली,मेयरबहादुर थकाली,थमबहादुर गुरुङ,मीमबहादुर थकाली,देबेन्द्र कार्की र कृष्णप्रसाद थकालीलाई पक्राउगरी कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
दशै तिहार जस्ता बिशेष चाडपर्वमा जुवातास खेल्ने गतिविधि बढ्न सक्ने भएकाले यसप्रकारका सामाजिक बिकृति रोक्न प्रहरीले अप्रशेन चलाउने सूचना अधिकारी रेग्मीले बताए ।उनले जुवाको खालमा पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा म्याद थपगरी मूद्धा अघि बढाएको जानकारी दिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ अन्तर्गत जुवा खेल्नेलाई सजाय हुने बताए ।सहिता अनुसार जुवातास खेल्नेलाई ३ महिना कैद वा ३० हजार रुपैया जरिवाना हुने कानुनले व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु