स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

death_fpc

स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । यहाँको अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।

उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार परियार बिहीबार साँझ दाजुको घरबाट कसैलाई नसोधी निस्किएका थिए । उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल स्याङ्जा पठाएको अवस्थीले जानकारी दिए ।

घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ