तनहुँको आँबुखैरेनीमा शैक्षिक भ्रमणबाट फर्किएको बस पिशाव गर्न रोक्दा १५ वर्षीय विद्यार्थी मर्स्याङ्दी नदीमा बेपत्ता

दुर्घटना

तनहुँको आँबुखैरेनीमा शैक्षिक भ्रमणबाट फर्किएको बस पिशाव गर्न रोक्दा १५ वर्षीय विद्यार्थी मर्स्याङ्दी नदीमा बेपत्ता

927505243_1435590895229368_1499297960983958017_n

शैक्षिक भ्रमण सकेर पोखराबाट चितवन फर्किने क्रममा बस रोकिएपछि पिसाब फेर्न सडक किनारतर्फ गएका १५ वर्षीय विद्यार्थी तनहुँमा भिरबाट खसेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६, चोकबजार निवासी अंकित गुरुङ रहेका छन्। उनी भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

प्रहरीका अनुसार २०८३ मंसिर १२ गते शनिबार साँझ करिब ६ः१० बजे आबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गमा बस रोकिएको समयमा सडक किनारतर्फ जाने क्रममा गुरुङ भिरबाट करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएका हुन्।

विद्यालयको बसमा शैक्षिक भ्रमण सकेर पोखराबाट चितवन फर्किँदै गर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रहरी टोलीले बेपत्ता विद्यार्थीको खोजी कार्य जारी राखेको छ भने थप खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ