बुटवल । यतिबेला रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुककै सबैभन्दा ठूलो पार्टी हो । झण्डै दुई तिहाई बहुमत (एक सिट मात्र कम) प्राप्त पार्टीको उदय सुशासनको नारा पनि हो । तर, रास्वपाले अस्पतालमा ठूलो जमघटसहित भेला गरेर सुशासनको धज्जी उडाएको छ । त्यसमा पनि प्रमुख अतिथि बनेर आए प्रतिनिधि सभाका सभामुख डोलप्रसाल अर्याल ।
शुक्रबार अपरान्ह बुटवलस्थित लायन्स आँखा अस्पतालमा कार्यक्रम भएको हो । पार्टीको कार्यक्रम भनेपछि सभामुख अर्याल सतर्क भएको त देखिन्थे तर पार्टीको नेताको अध्यक्षता र सञ्चालनमा भएको कार्यक्रमममा सहभागीले उसैगरी प्रश्नहरु राखेका थिए । त्यहाँ पार्टीको कुनै ब्यानर त राखिएन र अर्याल आफैँले घुमाउरो तरिकाले आफू साझा भएको प्रष्टिकरण दिइरहेका थिए तर व्यवहारले त्यसो देखाउँदैनथ्यो । सभामुख अर्यालले आफू साझा बन्नुपरेकाले जनताका कुरा उठाउन सहभागीलाई आग्रह गरेका थिए ।
तर त्यो रास्वपाको नगर, प्रदेश र संघका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको भेला नै थियो । लायन्स आँखा अस्पतालमा शुक्रबार अपरान्हसम्म सेवाग्राहीको भीडभाड नै थियो । ३० वर्षदेखि बुटवलमा लायन्स क्लबको अगुवाई सञ्चालनमा रहेका आँखा अस्पतालले लायन्स नै रहेका सभामुख अर्याललाई सम्मान गर्ने कार्यक्रम अलग्यै सानो हलमा राखेको थियो । तर अर्को ठूलो हलमा रास्वपाका कार्यकर्ताहरुको भेला राखिएको थियो । खचाखच भरिएको हलमा पहिलेबाटै कार्यकर्ता भरिए पनि अस्पतालको कार्यक्रममा भने उनीहरु धेरैलाई प्रवेश गर्न दिइएको थिएन ।
केही अतिथि तथा कार्यकर्तालाईसमेत एम्बुलेन्समार्फत् ल्याइएको भन्दै प्रश्न उठाइएको छ ।
सम्बन्धित खबर
सुशासनको नाराले उदाएको रास्वपाले अस्पतालभित्रै गर्यो पार्टी भेला, एम्बुलेन्सले ओसार्यो कार्यकर्ता
आँखामा पट्टी बाँधी धम्की दिँदै चोलेन्द्र, गगनहरू विरुद्ध बयान दिन लगाइयो: इनम सापकोटा
‘बालेन दिल्लीमा राष्ट्र बोकेर गएनन्, निजी भ्रमणजस्तो भयो’: ओली
भारत भ्रमणबाट फर्केपछि रवि-बालेनबीच छलफल, पाँच विषयमा पाँच घण्टा कुराकानी
मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो वरियतामा
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
यो पनि पढौँ
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
तनहुँको आँबुखैरेनीमा शैक्षिक भ्रमणबाट फर्किएको बस पिशाव गर्न रोक्दा १५ वर्षीय विद्यार्थी मर्स्याङ्दी नदीमा बेपत्ता
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अर्जुनचौपारी गाउँपालिकाका रास्वपा सभापति कमलकान्त अर्याल निलम्बित