सुन्दरकुमार थकाली, मुस्ताङ । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यविधि नियमावली २०७५ अन्तर्गत नेपाल सरकारले बिनियोजन गरेको सांसद बिकासकोष ४ करोड रुपैया बजेट हालै मुस्ताङ पनि बिनियोजन भएको छ ।
जिल्लाका ५ वटै स्थानीयतहको उपस्थितीमा सम्मानजनक पूर्वाधार बिकासका कार्यक्रमलाई प्राथमिकता आधारमा छनौट गर्दै यहाको बृहत्तर बिकासका लागि संघीय सांसद प्रेमप्रसाद तुलाचनले बजेट बिनियोजन गरेको बताएका छन् ।
यसअघि उनले मनोमानी ढङ्गले बजेट बिनियोजन गर्ने परिपाटीको अन्त्य गर्दै सबै स्थानीयतहलाई समेट्ने गरी बजेट बिनियोजन गरेको तुलाचनले जनाए ।उनले भने,‘५ वटै स्थानीयले निर्वाचनमा सहयोग गरेका हुन्,मैले बिकास गर्दा सबै तहको सम्माजनक बिकास गर्नुपर्दछ,सबै ठाउका अधुरा र सुधारका कार्यक्रमलाई समेट्ने प्रयास गरेको छु,काखापाखा गरेको छैन ।’
स्थानीय पूर्वाधार बिकास कार्यक्रमलाई क्रमागत रुपमा सांसद बिकास कोषको प्राप्त रकम मार्फत पूरा गर्दे लगिने सासद तुलाचनले बताए । उनले जिल्ला समन्वय समितिको प्रशासनिक खर्च ४ लाख छुट्याएर बाँकी ३ करोड ९६ लाख स्थानीयतहको बिकासमा बजेट खर्च गरिने बताए ।
सासद बिकास कोषबाट पूर्वाधार बिकासका लागि प्राप्त हुने रकम मध्ये सबैभन्दा बढी घरपझोङ गाउपालिका १ करोड १० लााख छ भने, सबै भन्दा कम लोघेकर दामोदरकुण्ड गाउपालिका जम्मा ६५ लाख पाएको छ । त्यस्तै लोमान्थाङ गाउपालिकाले ८० लाख, वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले ७० लाख र सांसद तुलाचनको गृह गाउपालिका थासाङलाई ७१ लाख बिनियोजन गरिएको जिसस अधिकारी केशव बिमलीले जानकारी दिए ।
सांसद बिकास कोष पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रेमप्रसाद तुलाचनले नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध, सिचाई, धार्मिक स्थलको स्रोन्नति, खेलकुद पूर्वाधार,शैक्षिक सभाहलको निर्माण,ग्रामिण सडकको स्तरोन्नति,सांस्कृतिक सम्पदाको बिकास, सामूदायिक भवन निर्माण तथा सुधार, ग्यास डिपो संञ्चालन, खानेपानी र पदमार्ग सुधार आदी जस्ता योजनालाई महत्व दिएका हुन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’