सुन्दरकुमार थकाली, मुस्ताङ । तत्कालिन नेकपा एमालकी पूर्व सांसद एव्म पोलिटब्यूरो सदस्य श्रीमाया थकालीलाई पितृ शोक परेको छ । घरपझोङ गाउँपालिका वडा नम्बर ५ निवासी स्थानीय समाजसेवी एवं धौलागिरी बोडिङका संस्थापक सदस्य समेत रहेका पूर्व सांसद थकालीका पिता ९१ वर्षिय सीप्रसाद थकालीको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको हो ।
उमेरले नेटो काटेपनि निकै तन्दरुस्त जस्ता देखिने स्वर्गिय श्रीप्रसादको केही समय अघि लिस्नो चढ्दा एकाएक बिरामीका कारण बिस्तरामै थला परेका थिए । उहाको उपचारका लागि परिवारका सदस्यले अथक प्रयास गरेपनि निको नहुने भएपछि आईतबार पूख्यौली थलो ठिनी गाउमा ल्याईएको थियो । गाउ ल्याईपछि उनको २ पछि निधन भएको जनाईएको छ ।
बिद्यालयका संस्थापक सदस्य, गाउ मुखिया, वडाअध्यक्ष, कुछ्प तेरङ्गा गुम्बाको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका थकालीको निधन पछि धौलागिरी बोडिङ स्कुलले आज बुधबार एक शोक सभाको कार्यक्रम गर्दै बिद्यालय बिदा गरेको छ । बिद्यालयले थकालीको तस्विरमा भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दे बिद्यालयको झन्डा आधा झुकाएको बिद्यालयले जनाएको छ ।
यस्तै पूर्व सांसद श्रीमाया थकालीका पिता श्रीप्रसादको निधनले मर्माहत तुल्याएको भन्दै मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन र ईन्द्रधारा बिष्टले फेसबुक मार्फत श्रद्धान्जली व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले पनि पूर्व सांसद श्रीमाया थकालीका पिताको निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । पूर्व सांसद थकालीले आफुलाई यसस्थान सम्म ल्याई पुर्याउन पिताको योगदान महत्वपूर्ण रहेको बताईन् । स्वर्गिय श्रीप्रसाद थकालीको आजै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको परिवार श्रोतले बताएको छ ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ