सुन्दरकुमार थकाली, मुस्ताङ । सिंगो मुस्ताङले चिन्ने, सबैको मन मष्तिकमा अमिट छाप कायम गर्न सफल मुस्ताङ जिल्ला मार्फा गाउका एक पञ्चायतकालिन हस्ती हुन् नरबहादुर हिराचन । शुक्रबार दिउँसो यो संसारबाट उनले बिदा लिए । अब मुस्ताङका जनताले नरबहादुर हिराचनलाई भौतिक रुपमा देख्न पाउने छैनन् ।
मार्फा गाउका मात्रै होईनन् पञ्चायतकालिन नेता हिराचन समग्र मुस्ताङ जिल्लाकै अभिभावकको रुपमा उनलाई हेरिन्थ्यो । पञ्चायतकालिन नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।
राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए । सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए ।क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।
पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भएका थिए । यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै महत्व राख्थ्यो । हिराचनको मन्त्री स्तरियकार्यकालमा उहाँले उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए । सम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।
पूर्व मन्त्री हिराचनले थुप्रै संघ संस्थामा योगदान पू¥याएका व्यक्तित्व हुन् । हिराचन मुस्ताङमा गठन भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको संस्थापक अध्यक्ष थिए । उनकै रेडक्रस कार्यकालमा जोमसोममा ४ कोठे रेडक्रस भवन निर्माण भएको हो । पूर्वमन्त्री हिराचन बाल संगठनमा आवद्ध हुदै बाल हकअधिकारका लागि योगदान पू¥याएका थिए ।
पूर्वमन्त्री नरबहादुर हिराचनको शनिबार दिउसो २ बजे पोखरामा निधन भएको उहाँको पारिवारीक श्रोतले बताएको छ ।उनको पार्थिव शरिरलाई अहिले हेलिकप्टर मार्फत मार्फा ल्याईएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष राजु लालचनले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला