संसारकै सबैभन्दा फराकिलो सडक, २६ लेन

संसारकै सबैभन्दा फराकिलो सडक, २६ लेन

Wide-Road-600×330

अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ ।

नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

संसारकै सबैभन्दा फराकिलो सडक अमेरिकाको टेक्सास राज्यस्थित द क्याटी फ्रि वेलाई मानिन्छ । टेक्सास राज्यको ह्युस्टन सहरको द क्याटी फ्रि वे २६ लेनको सडक हो, जसमध्ये १२ मुख्य लेन छन् भने ८ वटा लेन फिडर लेनका रुपमा र ६ वटा लेन म्यानेज लेनका रूपमा छन् । त्यसबाहेक यो सडकसँगै ४ वटा अलग्गै सर्भिस ट्रयाकसमेत निर्माण गरिएका छन् ।

यो सडकका प्रत्येक लेन ३ दशमलव ७ मिटर चौडा छन् । ती लेनको दायाँबायाँ निर्माण गरिएका फुटपाथको चौडाइसमेत ३ मिटर छ । हरेक लेनको बीचमा १ दशमलव २ मिटर ठाउँ खाली छोडिएको छ ।

यो सडकमा हरेक दिन २ लाख १९ हजार सवारी साधन गुड्छन् । अमेरिकाको सडक विभागका अनुसार यो सडकले आगामी ५० वर्षसम्म सेवा दिन सक्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds