राजकिरण छत्कुली, हेटौंडा । मिस वल्र्ड प्रतियोगितामा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले ओभरअल मल्टिमिडिया अवार्ड जितेकी छन् । यस अवार्ड प्राप्त गरेसँगै श्रृंखला ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन् ।
विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित मिस वल्र्डको ‘कन्टेन्डर’का रूपमा चर्चा गरिरहेका बेला दुई दिन अघि जब हेड टु हेड च्यालेञ्जमा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछाडि परिन्, त्यसपछि दिनरात भोट गर्ने नेपाली निराश बनेका थिए । उनी टप २० सम्म त्यस विधामा पुगेकी थिईन् । उनले आफूले सक्दो राम्रो गर्ने र अझै १७ जना बाँकी रहेकाले आशावादी रहेको भिडियो सन्देश नै सार्वजनिक गरेकी थिईन् ।

मल्टिमिडिया भोटिङमा सबैभन्दा अगाडि रहेकी श्रृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट अवार्ड जित्ने नेपाली बनेकी छिन् । उनलाई विभिन्न ४ माध्यमबाट सर्वाधिक भोट गर्न नेपाली मज्जैले कस्सिए ।नेपालबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन् । ईशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाइनलको यात्रा गर्न सफल भएकी थिइन् । तर, ईशानीको यात्रा उत्कृष्ट १० सम्म पुगेर टुंगिएको थियो ।
मल्टिमिडिया अवार्डमा टप थ्री फाइनालिस्टमा मेक्सिको र केन्या पुगेको थियो । ३५.११ प्रतिशत भोट प्राप्त गरिसकेकी श्रृंखला नम्बर वान बनेकी हुन् । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश नबनाउने बताएकी छिन् ।

मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। नेपालले ‘मल्टिमिडिया’ अवार्ड जितेको हो ।
शृंखलाले ‘हेड टू हेड’ च्यालेन्जमा दिएको उत्तरलाई पनि धेरैले राम्रो गरेको भन्दै प्रशंसा गरेका थिए । सो विधाको प्रश्नोत्तरमा उनले औसत हुनु कुनै कमजोरी नभएको भन्दै निरन्तरको मेहनत र निष्ठाले चाहेको कुरा प्राप्त गर्न सकिने बताएकी थिइन्।
उनले आफू पनि औसत विद्यार्थी रहेको भन्दै निरन्तरको मेहनतले मिस वल्र्डको उपाधि पनि जित्न सक्ने आत्मविश्वास आफूमा रहेको बताएकी छिन् । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।
नेपालले ‘मल्टिमिडिया’ अवार्ड जितेको हो । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।


सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्