पोखरा, १२ कात्तिक। पृथ्वीनारायण शाहको शालिक यथास्थानमा राख्नुपर्ने माग गर्दै शनिबार पोखरामा बृहत जनसभा गरिएको छ। पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संर्घष्ा समितिद्वारा आयोजित सभामा बोल्ने अधिकांश वक्ताले पृथ्वीचोकमा नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक राख्नुपर्ने माग गरेका हुन्।
पृथ्वीचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संर्घष्ा समितिका वरिष्ठ सल्लाहकार प्राडा दिलबहादुर क्षत्रीले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहलाई अपमान गरिएको बताए । ‘राष्ट्रिय विभूति पृथ्वीनारायण शाहलाई अपमान गर्ने कसैलाई छुट छैन’-उनले भने-‘त्यस्ता तत्वदेखि संर्घष्ा समितिले खेद प्रकट गर्दछ।’

प्राडा क्षत्रीले संर्घष्ा समितिको आन्दोलन रहरले नभई बाध्यात्मक परिस्थित रहेको बताए। उनले जातीय सद्भाव र राष्ट्रिय एकताका लागि समितिले संर्घष्ा गरेको उल्लेख गरे। जातीय सद्भाव र राष्ट्रिय एकता खल्बल्याउन खोज्नेहरु देशका अनागरिक रहेको उनको कथन थियो। ‘विदेशी साम्राज्यवादी युरोपियन युनियनले यहाँको जातीय सद्भाव र राष्ट्रिय एकतामा खेल्न खोजेको छ’प्राडा क्षत्रीले आरोप लगाए।
उनलेे पछिल्लो समय नेपाली धर्म, सँस्कृति र संस्कारमाथि आयातित धर्म र सँस्कृतिले प्रहार गरेको आरोप लगाए। क्रिश्चियनको नेपाली धर्म सँस्कृतिमाथि ठाडो प्रहार गरेको उनको आरोप थियो। ‘विश्वमा उत्कृष्ठ धर्म, सँस्कृति र संस्कार रहेको मुलुक नेपाल हो’-उनले खबरदारी गरे-‘खबरदारझ् अरुको धर्म, संस्कार र सँस्कृतिमाथि प्रहार गर्न कसैलाई छुट छैन।’
ब्राहृमण समाजका पूर्व केन्द्रीय अध्यक्ष डा नारायण अधिकारीले पृथ्वीनारायण शाह नेपालका गौरव रहेको बताए। यथास्थानबाट उनको शालिक हटाउने कार्य निन्दनीय रहेको डा अधिकारीको कथन थियो । उनले भने-‘नेपाललाई जन्माउने र हुकाउने कार्य पृथ्वीनारायण शाहले गरेका हुन्।’
उनले आफूहरुले शहीद लखन थापाको विरोध नगरेको प्रष्ट पारे। शहीद थापाप्रति आफूहरुको श्रद्धाभाव रहेको उनको स्पष्टोक्ति थियो। उनले भने-‘शहीद थापा र राष्ट्रिय विभूति शाहको एउटै तुलना हुन सक्दैन।’
समाजसेवी कुलबहादुर गुरुङ ‘कुलुले राष्ट्र र समाजका लागि योगदान गर्नेहरुको सही मूल्याङ्कन हुनुपर्नेमा जोड दिए। उनले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्न माग गरे।

आध्यात्मिक गुरु डा लेखनाथ आचार्यले नेपालको जातीय सद्भाव र राष्ट्रिय एकतामा खेलवाड नगर्न विदेशी साम्राज्यवादी युरोपियन युनियनलाई चेतावनी दिए। उनले आफ्नो देश, धर्म र संस्कारको रक्षा आफैबाट हुनुपर्नेमा जोड दिए।
रानाभाट समाजका अध्यक्ष श्रीबहादुर रानाभाटले राष्ट्रिय विभूति र शहीद कुनै जाति विशेषको नभई राष्ट्रको हुने बताए। शालिकको विषयलाई लिएर जातीय सद्भाव र राष्ट्रिय एकतामा खलल पुग्न नहुने उनको तर्क थियो।
विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइलीले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहको इतिहासलाई मेट्न नहुने बताए। राष्ट्रिय विभूति र शहीदको शालिक उचित स्थानमा ब्यवस्थापन गर्न आग्रह गरे।
संर्घष्ा समिति संयोजक शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद कृष्णकुमारी परियारले स्वागत र समितिका सचिव अशीलकुमार शाहीले सञ्चालन गरेका थिए।
यसअघि, चिप्लेढुंगाबाट विभिन्न समुदायको भेषभूषा, झाँकी बाजागाजा, भजनकीर्तन सहित र्याली निस्केको थियो।
संर्घष्ा समितिको चरणबद्ध आन्दोलनअन्तर्गत कात्तिक १५ देखि २० गतेसम्म पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय अघि न्यूरोडमा रिले अनसन कार्यक्रम छ भने २१ गतेदेखि अनिश्चितकालीन रुपमा पोखरा लेखनाथ महानगर क्षेत्र बन्द गर्ने कार्यक्रम छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु