सुन्दरकुमार थकाली । मुस्ताङमा शनिबार ६ पाङ्ग्रे अत्याधुनिक पहेँलो रङको अस्ट्रियन कार देखियो । कारभित्रै सञ्चार सेट, सौर्य ऊर्जा, किचन कोठा, एटेजबाथसमेतको सबै सुविधा जडान गरिएको छ ।
उक्त कार थियो विश्व कारयात्रामा निस्केका फ्रेडिटको । कारभित्र जडान गरिएका प्रविधिको सहयोगमा फ्रेडिटले फोन मार्फत कुराकानी गर्न सक्छन् भने इन्टनेट लगायतका सुविधा गाडीभित्रै छन् ।
उनी त्यही ६ पाङ्ग्रे अस्ट्रियन कार चलाउँदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् । अनौठो प्रकारको अत्याधुनिक कार चलाउँदै यति ठूलो लक्ष्यका साथ मुस्ताङ आएका उनी नेपाल आएको २ साता भएको उनले बताए ।
उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो सम्पूर्ण रेकर्ड जिपिएसको सहयोगमा उपलब्ध हुने बताउँछन् । विश्व भ्रमणयात्रामा चाहिने आवश्यक सम्पूर्ण सामान कारमै लिएर आएका उनी जुन ठाउँमा पुग्छन्, उनले होटल खोज्नु पर्दैन ।
उनको आवास, खाना र खाजा कारमै छ । अनि कारमा जोडिएको धारामा पखाल्छन् । लाग्छ उनको यात्रामा कार नै सबथोक हो । निकै फुर्तिला र अग्ला कदको फ्रेडिटले जोमसोमको टुरिस्ट चेकपोस्टमा इन्ट्री गराए ।
‘उपल्लो मुस्ताङ जान अहिले कस्तो छ । जान सकिएला र ?’ उनले सोधे, हामीले उत्तर दियौं, ‘अहँ सकिँदैन सर ,माथि हिउँनै हिउँ छ ।’ उनले फेरि दोहोर्याएर सोधे, ‘मुक्तिनाथ जानलाई कस्तो छ बाटो ?’ हामीले भन्यौं, ‘मुक्तिनाथ पुग्न सकिन्छ ।’
उनी थ्याङक्यू भन्दै मुक्तिनाथतर्फ हानिए । उनको कार चलाउँदै सुरु गरेको विश्वयात्रा अजीब लाग्थ्यो । उनको कार अत्याधुनिक र जस्तो सुकै जोखिम सडकमा पनि सहज यात्रा गर्न सक्ने नमूना कार लाग्थ्यो ।
सम्बन्धित खबर
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु
कोरला नाका १५ दिन बन्द हुने
पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो
१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग