सुन्दरकुमार थकाली, मुस्ताङ । औशी,चैते दशै र नयावर्ष लगत्तै मुस्ताङको बोक्सीखोलामा चौरीको आलो रगत खान सर्वसाधरणको ताँती लागेको छ । थासाङको ब्यवसायिक पशुपालक संस्था धौलागिरी चौरीपालक किसान समितिले सोमबारदेखि यो अवसर जुराएको हो । यतिखेर जिल्ला बाहिरका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि बोक्सीखोला गएका छन् ।
कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लागेको हो । झन्डै १ दर्जन घरधुरी किसानका करिव १ हजार बढी चौरीयाकको रगत बिक्री गर्ने समितिका अध्यक्ष गोबिन्द शेचरनले जानकारी दिए । उनले एक चौरीयाकबाट १० देखि ४० गिलास सम्म रगत निकालिने जनाए । पशुको स्वास्थ्य अवस्था परिक्षण गरेर रगत निकालिने उनको भनाई छ । वशन्तऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो ।
मुस्ताङका बिभिन्न स्थानीयतहमा वर्षेनी यसप्रकारको रगत खाने मेला आयोजना हुन्छ । मासु प्रजनन्, दुधका परिकारबाट आर्थिक मुनाफा कमाईरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्ने दोश्रो आम्दानीको रुपमा लिईन्छ । यतिखेर बोक्सी खोलामा रगत खानेको ताँतीनै छ । एकातिर रगत बिक्री हुन्छ, अर्कोतर्फ अल्पकालिन व्यवसाय गरेर आम्दानीको गतिलो फाईदा कमाएका छन् । बोक्सी खोलामा रगत खान आउनेका लागि लक्षित गर्दै दुई दर्जन टहरामा रेष्टुरेन्ट गरिएको छ ।
बिहानैबाट १२ बजे सम्म रगत खाने कार्यक्रम हुन्छ , त्यसपछि तारो हान्ने खेल आदी खेलाईन्छ । यसबर्ष चौरीको आलो रगतलाई प्रती ग्लास ३ सयमा बिक्री गरेको समितिले जनाएको छ । धौलागिरि चौरी पालक किसान समितिको आयोजना गरेको मेलामा मुस्ताङसहित म्याग्दी, पर्बत, बाग्लुङ, कास्की, तनहु, स्याङ्जा र काठमान्डौ लगायतका सर्बसाधारण छन् । पन्ध्र जना चौरी पालक किसानले पालेको चौरीबाट आवश्यकता अनुसार रगत निकाल्ने गरिन्छ ।
हिमाली लेकका चौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ । चौपायाले पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जटिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निकोभई शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ ।
पोखराबाट रगत पिउन मुस्ताङ आएका नर बहादुर पुनले— चौरीको रगत पिउन थाले आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । उनले— बर्षेनी एक साता सम्म बसेर चौरीको रगत खाएर फर्कने गरेको उल्लेख गरे ।
http://gandaknews.com/mustang-chauri/
http://gandaknews.com/chauri-mustang/
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु