अश्विन दानी, पोखरा । ठ्याक्कै एक वर्ष अघि बैशाख २३ गते गोरखाको बिसौनी मोडमा नगरपालिकाको टोली जेसिभिसहित पुग्यो, बल प्रयोग गरेरै त्यहाँ रहेका केही घुम्ति पसल र होर्डिङ बोर्डहरु हटाइयो ।
जुनबेला गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भनेका थिए, ‘गोरखा नगरलाई क्लिन सिटी बनाउने कार्यक्रम अन्तर्गत अव्यवस्थित रुपमा रहेका टहरा र होर्डिङ बोर्ड हटाउन थालेका हौँ । मापदण्ड विपरित कसैलाई व्यवसाय सञ्चालन गर्ने अधिकार छैन ।’
मेयर पन्तले एक्शनमै उत्रिएर गोरखालाई क्लिन सिटी बनाउने भन्दा नगरबासी खुब हौसिए । तर, त्यसको भोलिपल्टैदेखि टोली गायब भयो, व्यवसायीहरु भने जहाँको तहिँ । ‘पोहोरै मेयर आफै आएर यहाँ डोजर चलाउन ला’का हुन् । एकदिन डोजरले एक दुई वटा टहरो र बोर्ड हटायो । हामीलाई पनि हटाउँछन् कि भन्ने लाग्या’थ्यो तर भोलिपल्टबाट खै कस्ले रोक्यो कुन्नि ? धन्न हामीलाई हटाएनन्’ विगत तीन बर्षदेखि बिसौनी मोडमा घुम्ती पसल गरिरहेका एक व्यवसायी हौसिँदै भने, ‘सबै टहरो हटाउँछु भनेर डोजर चला’को एक बर्ष बढि भैसक्यो, खै हटाउन सक्या छैनन् । हामीलाई त आनन्दै छ ।’ ति व्यवसायीले नाम सार्वजनिक नगर्न आग्रह गरे ।
मापदण्ड बिपरित घुम्ती पसल सञ्चालन गर्नेहरु आफैँ सरकारलाई राजश्व नतिर्ने गरेको स्वीकार गर्छन् । ‘हाम्ले त घुम्तीको भाँडा बाहेक अरु केहि तिर्नु पर्दैन । कोहि माग्न पनि आउँदैनन्’ उनले नगरपालिकालाई व्यङ्ग्य गर्दै भने, ‘मलाई त नगरपालिकाले टहरो नहटाएकै फाइदै छ । कतै कर पनि तिर्नु पर्दैन ।’
टहरो विस्थापित गर्न एक पटक बल प्रयोग गरेपछि एक बर्षसम्म बेवास्ता गर्नुमा नगरपालिकाका पदाधिकारी र बिचौलिया बीचमा मिलेमतो हुन सक्ने घुम्ति पसलेहरु तर्क गर्छन् । ‘नगरपालिकालाई यो मापदण्ड विपरित हो भन्ने पनि थाहै छ । एक बर्ष अघि डोजर लगाएर एकदुई जना साथीलाई विस्थापित गरेकै हो’ अर्का ब्यापारी भन्छन्, ‘हामीले भाडा बुझाउने साहुँ र नगरपालिकाका कर्मचारीको सेटिङ भाको छ कि जस्तो लाग्छ । नत्र बल प्रयोग गरेरै एक बर्ष अघि कसैको हटाउने कसैको नहटाउने ? यसमा अरु के कारण हुन्छ त ?’
त्यहि घुम्ति पसलको बिषयमा २०७५ भाद्र १८ गते गण्डकन्यूजमा जग्गा कस्को, भाडा कस्लाई ? शीर्षकमा प्रकाशन भएको समाचारमा पनि मेयर पन्तले त्यो ठाउँ छिट्टै खाली गर्ने जनाएका थिए । तर, अहिलेसम्म उक्त मोडको समस्या ‘ज्यूँ को त्यूँ’ छ ।
गोरखालाई ‘क्लिन सिटी’ बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले मापदण्ड विपरित बनेका टहरा विस्थापित गर्न डोजर चलाएपछि पनि पटकपटक छिट्टै हटाउँछौँ भन्दै गफ दियो तर घुम्ति पसल जस्ताको तस्तै । अझैपनि नगरपालिकाका मेयरले घुम्ति छिट्टै हटाउँछौँ भन्दै गफ दिन भने छाडेका छैनन् ।
‘हामीले पहिलो चरणमा गोरखामा फुटपाथ हटाउन अस्तिदेखि काम सुरु गरेका छौँ । पहिलो चरणको काम सकेपछि त्यो घुम्ति पनि हटाउँछौँ’ गोरखा नगरपालिकाका मेयर पन्तले भने, ‘बल प्रयोग गरेर घुम्ति हटाको भए पहिल्यै हटाउन सकिन्थ्यो । तर, त्यहाँका व्यवसायीले कन्भिन्स गराएर हटाउन खोज्दा समय लागेको हो ।’ त्यहाँका व्यवसायीहरुले राजश्व नतिर्ने गरेको मेयर पन्त आफैँ बताउँछन् । तर, अहिलेसम्म राजश्व नतिर्ने तथा मापदण्ड विपरित घुम्ति सञ्चालन गर्नेहरुलाई छुट किन ?
सम्बन्धित समाचारः
जग्गा कस्को, भाडा कस्लाई ?
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु