गुण्डा नाइके भनेर चिनिने तरुण दलका जिल्ला उपाध्यक्ष ‘राधे’ धादिङबाट हतियारसहित पक्राउ

गुण्डा नाइके भनेर चिनिने तरुण दलका जिल्ला उपाध्यक्ष ‘राधे’ धादिङबाट हतियारसहित पक्राउ

Radhe don

काठमाडौं- गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन्। प्रहरीको खोजी सुचीमा रहेका राधे धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेका हुन् ।

उनको सातबाट हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । हतियार देखाएर स्थानीयलाई त्रास देखाएको सूचना पाएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो । उनी धादिङको गजुरी २ मलेखु बजारबाट माथि ताल्ती जाने बाटोमा थिए।

नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष रहेका उनी विगत लामो समयदेखि गुण्डागर्दी कार्यमा संलग्न थिए । उनले प्रहरीलाई देखेपछि प्रहरीलाई नै लक्षित गरी फायर गरेका थिए । जसबाट प्रहरीको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके स्वर्गीय दिनेश अधिकारी (चरी)माथि गोली प्रहार गरेर पक्राउ परेका उनी केहि समयमा छुटेपनि अपराध महासाखाको वारेन्ट सुचीमा थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ