काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा १६ दिनसम्म हिरासतमा बसेका विशाल चौधरीले प्रहरीविरुद्ध उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिन गए पनि प्रहरीले अहिले लिन मानेको छैन । हिरासतमा हुँदा आफूलाई यातना दिएको उनको उजुरीमा उल्लेख छ। उनले त्यसबेलाका कञ्चनपुका डिएसपी कृष्ण ओझा र सालघारीका असई रामसिंह धामीविरुद्ध उजुरी लेखेका छन् ।
चौधरी र उनको परिवारले यातना दिएर अपराध स्वीकार गर्न लगाएको दाबी गरेका छन् । कञ्चनपुरमा पक्राउ परेका उनलाई अनुसन्धान र डिएनए परीक्षणका लागि भन्दै काठमाडौं ल्याइएको थियो । चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए। उनीहरुको बयान लिन आइजिपी सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए ।
हिरासतबाट छुटेपछि उनीहरुले मेरा अगाडि ढुंगो पनि बोल्छ, मैले हत्या गरेको हुँ भन, नत्र मार्छुु भन्दै यातना दिएको त्यसबेलै बताएका थिए । चौधरी २०७५ पुस ६ गते छुटेका थिए । निर्मला प्रकरणमै यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै उजुरी परेका केही प्रहरी अधिकारी अझै निलम्बनमा छन् । nepallive
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्