पोखरा । नेपाल युवा परिषदको आयोजानामा पोखरामा पहिलोपटक आज (शुक्रबार) प्रदेश युवा सम्मेलन सुरु हुँदैछ । गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ देखि ३० वर्ष उमेर समूहका करिब २ सय युवाको सहभागिता रहने नेपाल युथ काउन्सिल गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले जानकारी दिईन् ।
शनिबारसम्म चल्ने सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको उपस्थित रहनेछ । आयोजकका अनुसार सम्मेलनमा युवा उद्यमशिलता,जलवायु परिबर्तन, युवा र राजनीति, युवा र दिगो बिकासका लक्ष्यहरु, युथ एक्सचेन्जलगायतका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।
साथै उक्त कार्यक्रममा प्रदेश नम्बर १ का करिब २ दर्जन युवा सहभागी हुने छन् । पोखरा फेवा मार्गस्थित शान्तिनगर बैंक्युटमा आज बिहान १० बजे सुरु हुने कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने गरि युवा र पर्यटन बिषयमा समेत छलफल हुने छ ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट सहभागिता जनाउने युवाहरुले आआफ्नो जिल्लाका बारेमा सबैलाई जानकारी दिने कार्ययोजना सहितको प्रस्तुत गर्नेछन् । कार्यक्रमको पहिलो दिन आज सांस्कृतिक साझ पनि आयोजना गरिएको छ जहाँ सहभागीहरुले प्रस्तुति पनि दिनेछन् ।
सम्मेलनमा सामाजिक विकास मन्त्रालय,उद्योग वन तथा वातावरण मन्त्रालय लगायत अन्य संघ संस्थाको समेत सहकार्य रहेको छ । हाल सम्म ५२ वटा जिल्ला र सातै वटा प्रदेशमा आफ्नो सक्रिय उपस्थिति देखाइसकेको यो संस्थाले युवाहरुमा नेतृत्वदायी भूमिका बिकास गर्दै सामाजिक परिबर्तनमा युवा अग्रसरतालाई जोड दिंदै आएको छ ।
नेपालको कुल जनसख्याको ४० प्रतिशत हिंसा ओगटेको युवा जमातले नेतृत्वदायि भुमिकामा आउन आवश्यक देखिन्छ, तब मात्र केहि परिवर्तन आउन सक्छ ।
युवा परिवर्तको सम्वाहक हो भन्ने नाराका साथ काम गदै आईरहेको नेपाल युवा परिषदले यस बर्ष नेपालका ७ ओटै प्रदेशमा प्रदेश युवा सम्मेलन गर्ने जर्मर्को गरिरहेको प्रदेश संयोजक रानाभाटले जानकारी दिइन ।
यो भन्दा पहिला गएको वर्ष गण्डकी प्रदेशमा युएनडिपि नेपालको सहकार्यमा एसडिजि फेस्टिभल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न नेपाल युवा परिषदले कार्य गदै आईरहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’