गत साता अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै दुई नेपाली विद्यार्थीको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा परेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भएको सवारी दुर्घटनामा स्याङ्जाबाट अष्ट्रेलिया पढ्न गएका स्याङ्जाका दुई विद्यार्थीहरु २२ वर्षीया समिक्षा सुवेदी र २१ वर्षीय गोपाल भण्डारीको ज्यान गएको थियो ।
उक्त कारका चालक २२ वर्षीय सागर भट्टराईलाई शुक्रबार सिड्नी शहरमा रहेको अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भाग्न लागेका बेला पक्राउ गरिएको अष्टे«लियन प्रहरीले जनाएको छ । जानकारका अनुसार स्याङ्जा वालिङ घर भई पोखरामै लामो समयदेखि बसेर सागर पढ्दै आएका थिए । एकै गाउँठाउँका साथीहरु अष्ट्रेलिया पुगेर पनि सँगै थिए र समय हुँदा रमाईलो गर्न लामो टुरमा जाने गर्दथे । सागरलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी र्पुयाएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ ।
सागर आफै दुर्घटनाका घाईते हुन् । मोरानो राजमार्गमा दुर्घटनाग्रस्त मज्दा ६ सेडान कारका चालक भट्टराईको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेका उनलाई राजधानी क्यानबेरा लगेर उपचार गरिएको थियो । त्यसपछि उनी अस्पतालबाट बाहिरिएर सिड्नी पुगी त्यहाँबाट नेपाल फर्कने योजनामा थिए । तर, प्रहरीको तीब्र अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
स्थानीय परामाता बेल कोर्टले उनको जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने अस्ट्रेलियाको एबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।
सम्बन्धित समाचारः
http://gandaknews.com/car-acc-aus/
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’