एजेन्सी । सरकारले बिहेअघिको सेक्सलाई इन्डोनेसियामा ‘विवाह अघिको सेक्स’लाई प्रतिबन्ध लगाउने विधेयकविरुद्ध हिसांत्मक प्रदर्शन सुरु भएको छ । विवादित विधेयकलाई लिएर इण्डोनेशियाका कयैन शहरमा प्रदर्शन भएको छ । प्रहरीले संसद अघि प्रदर्शन गरिरहेका प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रस्तावित विधेयकमा धेरै अवस्थामा ‘गर्भपतन’ र ‘राष्ट्रपतिको अपमान’लाई गैरकानुनी मानिएको छ ।
तर विरोध प्रदर्शनका बीच विधेयकलाई अघि बढाइएको छैन । तर प्रदर्शनकारीको मनमा यो विधेयक संसदबाट पास हुने हो कि भन्ने चिन्ता छ ।
के छ विधेयकमा ?
प्रस्तावित विधेयकमा एक नयाँ आपराधिक संहिता छ । त्यसमा रहेका केही विवादास्पद बुदा यस्ता छन् ः
–विवाह अघिको शारिरिक सम्पर्कलाई दण्डनीय अपराध मानिनेछ । यसको लागि एक वर्ष जेल सजाय हुनसक्छ ।
–विवाह हुनु अघि सँगै बस्नु, लिभ–इन सम्बन्धमा बस्नु पनि अपराध मानिनेछ । यसो गरेको पाइएमा ६ महिनासम्म जेल हुन सक्छ ।
–राष्ट्रपति, उप–राष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय झण्डा वा राष्ट्रिय गान जस्ता राष्ट्रिय प्रतीकको ‘अपमान’ अवैध छ ।
–गर्भपतन एक दण्डनीय अपराध हो । बलात्कार र चिकित्सा आपतकालीन घटना बाहेक अवस्थामा गर्भपतन गराएको पाइएमा चार वर्ष जेल सजाँय हुन सक्छ ।
यो विधेयकमाथि मंगलबार मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रपति जोको विडोडोले त्यसलाई शुक्रबारसम्मका लागि स्थगन गरेका छन् । राष्ट्रपति विडोडोले विधेयकमाथि थप विचार गर्न आवश्यक ठानेको बताइएको छ ।
विधेयकको विरोधमा देशका विभिन्न स्थानमा हजारौं प्रदर्शनकारी सकडमा उत्रिए । विरोध प्रदर्शनमा युवा विद्यार्थीको ठूलो सहभागिता देखिएको थियो । धेरै ठाउँमा विरोधले हिंसात्मक स्वरुप लिएको छ ।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर