चितवन । सार्वजनिक कार्यक्रममा सत्ता पक्षवाट भएका भ्रष्टाचारको चर्को विरोध गर्दै सरकार विरुद्ध उग्र रुपले अभियान चलाएका ज्ञानेन्द्र शाही कुटिए । ‘नेपालका लागि नेपाली’ अभियानका शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको हो । प्रहरीले विद्यार्थीहरुले आक्रमण गर्दा गर्दै उद्वार गरेपनि शाहीको शरीरको ठाउँ ठाउँमा कुटपीटवाट चोटपटक लागेको छ । विद्यार्थीहरुको झुण्डले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।

चितवनको चौबिसकोठीमा खबरदारी सभा राखेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले अवरोध गरेका हुन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने चितवनमा प्रहरी हिरासतमा हुँदा हप्ता दिनसम्म सो ठाउँ तनावग्रस्त बनेको थियो । त्यसैबेला ज्ञानेन्द्र शाही समेत पुगेर माहौल तताएका थिए ।

मन्त्री योगेश भट्टराई प्लेन चढ्न १५ मिनेट ढिलो भएको घटनामा सरकार विरुद्ध माहौल बनाउने कार्यमा ज्ञानेन्द्र शाही सफल भएका थिए । त्यस घटनापछि ‘नेकपाका अरिंगाल’ खनिन्छन् भन्दै सामाजिक सञ्जाल तातेको थियो ।

चितवनमा ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रममा अवरोध भए लगत्रै शाहीमाथि कुटपिट भएको हो । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको जनाइएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ । धेरै अघिदेखि अभियान चलाउँदै आएका उनी एक पटक पक्राउ परेपछि सार्वजनिक रुपमा चिनिएका थिए ।


सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्