दसैं आ…यो
कीर्तिपुरस्थित पुष्पसदन विद्यालयमा कक्षा ८ मा पढ्ने विपिन डाँगालाई दसैं बिदाको खुसी त लागेको छ तर गृहकार्यको चिन्ताले पनि उत्तिकै सताएको छ। उनी दसैं बिदामा साथीहरूसँग घुम्न चाहन्छन्। गृहकार्य पनि सकाउनुपर्ने हुनाले रमाइलो गर्न नपाउने पो हुँ कि भन्ने पनि लाग्छ उनलाई। गृहकार्य नगरेमा साथीहरूमाझ अपमानित हुनुपर्ने र विद्यालयको सजायसमेत सहनुपर्ने मानसिक तनाव त्यत्तिकै छ।
दसैं नजिकिँदै छ। स्कुले भाइबहिनीका खुसीका दिन पनि नजिकिँदै छन्। एकोहोरो विद्यालयको दैनिकीदेखि छुटकारा मिल्नेबित्तिकै विद्यार्थीमा खुुसीको रौनक छाएको पाइन्छ। शरीरमा एक किसिमको फूर्ति पनि बढेको छ। कक्षा जति नै सानो भए पनि सकीनसकी झोलाभरि किताब, कापीको भारी र स्कुलको कडा अनुशासनमा बस्नु नपर्ने भएकाले विद्यार्थीमा चाडबाडका बिदाले उत्साह थपिदिएको छ।
अर्काेतिर कतिपय विद्यार्थी लामो बिदा हुँदा पनि खासै खुसी देखिँदैनन्। विद्यालयको नियम र अनुशासनमा बस्नु नपरे पनि बिदाभरिलाई पुग्ने गरी विद्यालयले दिएको गृहकार्यको भारी भने बिदाभरि नै बोकेर डुल्नुपर्ने बाध्यताले उनीहरूलाई सताएको छ। चाडबाडमा बिदा दिनु भनेको आफ्ना सामाजिक परम्परा, सस्कार, संस्कृति सिक्न सिकाउन र हर्षपूर्वक मनाउनका लागि हो। घरगाउँका अन्य सदस्यले बिनातनाव चाडपर्वमा रमाइलो गरिरहँदा विद्यार्थीले भने गृहकार्य कसरी सक्ने भन्ने तनाव लिनु पक्कै पनि राम्रो होइन। अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर सुनिता न्यौपानेले लेखेकी छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?