कञ्चनपुर – अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।
बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन्। प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। स्थानीयको सूचनाका आधारमा प्रहरीले प्रमुख ऐडीलाई पक्राउ गरेको हो । त्यस्तै मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए। प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।
स्थानीय विवाहित महिलासँग अवैध यौन सम्बन्ध राखेको फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि उनका श्रीमानले सोधपुछ गर्दा दुवै जनाले स्वीकारेपछि बुधबार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले निजामति कर्मचारी र महिलालाई पक्राउ गरेको थियो ।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ । उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो । निजामति कर्मचारी भोज बहादुर ऐडीका एक श्रीमती सहित १ छोरा र १ छोरी छन् भने र स्थानीय महिलाका एक श्रीमान् र २ छोरा छन् ।
गत वर्ष दार्चुलाको लेकम गाउँपालिकाबाट कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई केही महिना निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका ऐडीले त्यसपछि मालपोत कार्यालय बेलौरीको प्रमुखको रुपमा काम गरेका थिए । बेलौरी मालपोत कार्यालयबाट सरुवा मिलाई पुनः बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउँदा नगरपालिकामासमेत उनी विवादित बनेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव छँदाछँदै शाखा अधिकृत स्तरका कर्मचारीलाई जिम्मेवारी दिन खोज्दा झण्डै दुई हप्ता जति नगरपालिकामासमेत विवाद चुलिएको थियो । अन्ततः उनको बैतडी स्थित दशरथचन्द नगरपालिकामा सरुवा भएपनि दशैँ बिदापछि मात्रै जाने भनी रमाना बुझ्न बाँकी नै रहेको बताइएको छ ।
सेवाग्राहीको काम छिटो, छरितो र बिना रोकटोक गरेर राम्रो कर्मचारीको छवी बनाएका ऐडी अन्ततः अबैध यौनकाण्डमा मुछिएका हुन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष