आशिष पुरी, पोखरा । नेपाली चलचित्र किन म ? को पोखरामा च्यारिटी शो हुनेभएको छ । क्यानडामा सम्पन्न टोरन्टो फिल्म फेष्टिभल २०१९ मा नेपालबाट छानिएर प्रदर्शन भएको उक्त फिल्मको आगामी कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा च्यारिटी शो को तयारी गरिएको निर्माण युनिटले जनाएको हो । नेपालका विभिन्न शहरहरुका रहेका सडक बालबालिकाहरुको विषयवस्तुलाई उठान गरिएको उक्त चलचित्रको निर्देशन संग्राम तामाङ्ले गरेका छन् । फिल्म किन म ? महेश थापा, विमल राई र आशिस लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा बाल कलाकारहरु दिक्षान्त लिम्बु, प्रशान्त लिम्बु र मनिष मानन्धर तथा कलाकार जयन्ति मोक्तान र महेश थापा लगायतको जिवन्त अभिनय रहेको छ । करिब ५५ लाखको लागतमा निर्माण गरिएको चलचित्र व्यापारिक नभई आर्ट अर्थात सन्देशमुलक भएको निर्माण युनिटले बताएको छ । सडक बालबालिकाहरुको पठनपाठन सहयोगार्थ पोखरा लगायत मुलुकका बिभिन्न शहरहरुमा च्यारिटी शो को तयारी गरिएको निर्माता महेश थापाले जानकारी दिए । कलाकार जयन्ति मोक्तानले पारिवारिक माया र ममताबाट विमुख तथा सामाजिक रुपमा उपेक्षित बालबालिकाहरुको फिल्म मार्फत उत्थान हुने विश्वास व्यक्त गरे । च्यारिटी शो का लागी ५ सय रुपैयाँको टिकट तोकिएको छ । चलचित्र टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ