काठमाण्डाै । क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टिमको कप्तानी छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत पासरले कप्तानी त्यागेको घोषणा गरेका हुन् । पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई सशर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्।
‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु’, पारसले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो।’ पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।
त्यसयता उनले निरन्तर नेपालको कप्तानी गर्दै आएका छन्। २२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो। सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन्।
पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन र १ विकेट लिएका थिए। नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन्। त्यसयता उनले नेपालका लागि ६ एकदिवसीय, २७ टी–२० अन्तर्राष्ट्रिय, २ फर्स्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन्।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते