काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो।
महराले आइतवार जिल्ला सरकारी वकिलसँग यो प्रकरणमा पहिलो पटक बयान दिएका थिए। अब महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन्।असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका छन्।
युवतीको निवेदनमाथि तत्काल कुनै सम्बोधन नगर्ने
जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध कुनै अभियोगपत्र दर्ता नहुञ्जेल उनीबाट पीडित भएकी भनिएकी युवतीको निवेदनमाथि कुनै सम्बोधन नगर्ने भएको छ । म्याद थपको अनुमतिका लागि महरालाई आइतबार अदालतमा पेश गरिँदा ती युवतीले आफूले स्वेच्छाले कुनै निवेदन नदिएको भनी निवेदन दिएकी थिइन् ।
‘मूल मुद्दा दर्ता भएको छैन, कुनै किटानी जाहेरीका क्रममा आरोपित थुनामा छन् र म्याद थप भइरहेको छ’ एक न्यायाधीशले भने, ‘यस्तो अवस्थामा घटनाको आरोप समेत परिपक्व भएको हुँदैन, जाहेरी दिनेको निवेदन लिनुको के अर्थ हुन्छ र ?’ ती न्यायाधीशका अनुसार, कतिपय अवस्थामा त बयान फेरेको अनि अनुसन्धानमा असहयोग गरेको आरोपमा समेत जाहेरीकर्तामाथि छानबिन र कारबाहीको अवस्था हुन्छ । मुद्दा दर्तापछि मात्रै अदालतले ‘उचित ठानेमा’ त्यस्ता निवेदनको विषयवस्तु ग्रहण गर्ने उनले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष