काठमाडौँ । काठमाडौँको जुवाखालबाट क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट डिएस्पीको कमाण्डमा खटिएको टोलीले होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, ३ लाखबाराबरको चेक तथा केही ब्ल्याङ्क चेकहरु समेत प्रहरीले बरामद गरेको छ । सापकोटा जुवामा लगानी गर्ने र मोटो ब्याज लिने व्यक्ति हुन् ।
पक्राउ पर्ने धेरै जसो अधिकांश काभ्रे जिल्ला तिरका निर्माण व्यवसायी रहेको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन ।
मिडियामा आएका समाचार अनुसार जुवाखालबाट पूर्व नेपाली काँग्रेस मकवानपुरका नेता एवं गृहराज्य मन्त्री इन्द्र बानियाँ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटालगायत पक्राउ परेका छन् ।
सांसद इन्द्र बानियाँ भन्छन्, ‘म पक्राउ परेको छैन’
प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।
उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको जानकारी दिए । मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष