काठमाण्डौं । महाराजगञ्जबाट दुई करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको घटनामा आफू संलंगन नरहेको नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनियाले जिकिर गरिरहँदा उनलाई प्रहरीले छोडेको खुलासा भएको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतको हवाला दिँदै शिलापत्र डटकमले बाँनियालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीको आदेशमा छोडिएको न्यूज प्रकाशित गरेको छ । बाँनियाले आफूले जुबा नखेलेको र हेर्न मात्र पुगेका भनेपछि उनलाई छोड्न लगाईएको हो । तर प्रहरीले बाँनियालाई पक्राउ नगरेको जनाएको छ । शनिबार राति महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा पूर्वराज्यमन्त्री सहित बलाराम सापकोटा, सोबित सिलबाल लगाएत छन् । पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीलाई बरामद भएको रकम गन्न ३ घण्टा लागेको थियो ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुमाथि जुवा तास मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ