पोखरा । रिफ्रेसमेन्टका लागि केही समय यता पोखरामा रहेका पूर्वयुवराज पारस शाह तिहारमा पनि काठमाण्डौ गएनन् । पछिल्लो समय उनी आइतबार रुपाकोटस्थित रुपाकोट रिसोर्टमा भेटिए ।
दशैंदेखि नै पोखरामा रमाइरहेका पारसले तिहार पनि पोखरामै मनाउने बताउँदै थिए । उनले भने, ‘तिहारमा पनि काठमाडौं जाँदिन, सोमबार बहिनी पोखरामै आउँछिन् ।’ एक्वा कलरको ब्रसलेट, लेदरको पाइन्ट, निलो स्वेटरमाथि लेदरकै स्टकोट लगाएका पारसले रुपाकोट रिसोर्ट २ घण्टा बिताए । सुरुमा जुस लिए । भ्यू प्वाइन्टबाट रुपा र बेगनास तालको रुप नियाले । धौलागिरी, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमालको रेञ्जको अवलोकन गरे । अर्काइभका लागि क्यामराबाट आफैंले केही तस्बिर पनि लिए ।
रुपाकोटमा पूर्वयुवराज पारस र सोनिका सँगै थिए । पारस कालो रंगको पजेरो चढेर आइतबार साढे १२ बजे रुपाकोट रिसोर्ट पुगेका थिए । र, २ बजे त्यहाँबाट फर्किए । सोनिका आउँदा, जाँदा र रिसोर्टमा बस्दा पारससँगै थिइन् ।केही समययता हार्ले डेभिन्सनको बाइकमा पोखरामा घुमिरहेको भिडियो टिकटक जस्ता सामााजिक सञ्जालमा खुबै चर्चित भएको थियो । पछिल्लो समय पारस र युटुवर सोनिका रोकायाबीचको सम्बन्धबीच निकै चर्चा चलिरहेको छ । सामाजिक सञ्जालदेखि आमसञ्चार माध्यमसम्म उनीहरुको फोटो, भिडियो र सम्बन्धको चर्चा छ ।
-क्लिकमाण्डू
पोखरामा पारस र सोनिका ! ‘हाम्रो भेट भगवानले जुराएको, पारस सरकार मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ’ (भिडियोसहित)
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्