काठमाण्डाै । बुधबार स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिएको छ ।
ग्राण्डी अस्पतालमा विहीवार(आज) विहान ११ बजेबाट प्रधानमन्त्री ओलीको डायलाइसिस शुरु गरिएको अस्पताल श्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीको पुनः भोलि(शुक्रवार) तेस्रोपटक डायलाइसिस गर्ने तयारी गरिएकाले उनी केही दिन अस्पतालमै रहेन श्रोतको भनाइ छ ।
चिकित्सकहरुका अनुसार हप्तामा तीनपटक डायलाइसीस गर्न मिल्छ । हिजो धापासीस्थित ग्राण्डी अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखेर डायलाइसिस गरिएको थियो । पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गरिएको हो ।
श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन । बुधबार साँझसम्म अति गोप्य राख्न खोजिएको उनको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले निकालेको विज्ञप्तिमा समेत झुट बोलिएको थियो ।
उनलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालको बेडबाटै प्रधानमन्त्रीले भने: म छिट्टै काममा फर्कन्छु
प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्किने बताएका छन्। उपचाररत प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै यस्तो बताएका हुन् । प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीले आफू चाडै काममा फर्कने बताएका छन्। आत्मविश्वासका साथ काममा फर्कने बताएका ओलीको बिहीबार दिउँसोसम्म डिस्चार्ज हुने चिकित्सकहरुले बताएको समेत अर्यालले जनाएका छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो । ग्राण्डी अस्पतालमा डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने