म्याग्दी – म्याग्दीको मंगला गाउँपालिका वडा–३ कस्केरीमा बुधवार आगलागी हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ। भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन नहुदाँ पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय यामनाथ पौडेलले बताए। आगलागी लगत्तै पशुचौपायालाई भने जोखिम मोलेर बचाउन सफल भएपनि घरभित्र रहेका पैसा, लत्ताकपडा, अन्नबाली नष्ट भएको पौडेलले जानकारी दिए।
आगलागीको विद्युत सर्ट वा कारण पहिचान हुन सकेको छैन्। आगलागिबाट घरसहित करिव ५ लाखको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ। आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। यसैबीच बेनी नगरपालिका–५ डडुवामा पनि सोमबार एक घरमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको छ। डडुवाका गिरीराज उपाध्यायको घरमा सोमबार दिउँसो विद्युत सर्ट भई आगलागीहुँदा लत्ताकपडा, धातुका भाँडाकुँडालगायतका घरायसी साम्रागी जलेर नष्ट भएको हो। आगलागीबाट दुईतले ढुंगाको घरमा प्रयोग गरिएका काठका साम्रागीहरु समेत काम नलाग्ने अवस्थामा रहेको उपाध्यायले बताए। आगलागीबाट करिब ५ लाख ७० हजार नोक्सानी भएको अनुमान प्रहरीले गरेको छ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन