काठमाडौं । नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुग्न आँटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको थियो । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण चुक्ता गरिएको छ ।
कतिपय द्विपक्षीय तथा बहुपक्षीय दाताको साँवासमेत भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कुल तिरेको ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँमध्ये ४ अर्ब १३ करोड ८० लाख रुपैयाँ ब्याजको भुक्तानी र २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ सावाँ हो ।
सरकारले तीन महिनाको अवधिमै आन्तरिक ऋणको ब्याज भुक्तानीका लागि ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको साँवा भने यस अवधिमा तिरेको छैन । तर, वैदेशिक ऋणतर्फ भने सरकारले २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । ५४ करोड ३४ लाख रुपैयाँ भने ब्याज भुक्तानी गरेको महालेखाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै भुक्तानी एसियाली विकास बैंकलाई
सरकारले तीन महिनाको अवधिमा तिरेको बैदेशिक ऋणको ठूलो हिस्सा एसियाली विकास बैंकको छ । यस बैंकको १ अर्ब २३ करोड १७ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ । विश्व बैंक समूहको इन्टरनेसनल डेभलपमेन्ट एशोसिएन (आईडीए)लाई ७२ करोड ३७ लाख ८१ हजार रुपैयाँ साँवा भुक्तानी दिइएको छ । यस्तै, संयुक्त राष्ट्रसंघ मातहतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को ९२ लाख ९८ हजार ७ सय २३ रुपैयाँ भुक्तानी गरिएको छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको संगठन अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष -ओएफआईडी)को ५ करोड ९३ लाख ८६ हजार रुपैयाँ साँवा भुक्तानी भएको छ । देशतर्फ भने जापानको १४ करोड १७ लाख र फ्रान्सको १ करोड ७२ लाख रुपैयाँ साँवा भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते