सडकबाट उछिट्टिएको मोटरसाइकल घरको छानामा

सडकबाट उछिट्टिएको मोटरसाइकल घरको छानामा

Motercycle-accident2

इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले खबरहबलाई जानकारी दिए । तीव्र गतिमा रहेको मोटरसाइकल गोलाई काट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ